Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल हेरफेरअर्थमन्त्रीमा विष्णु पौडेल, तीन मन्त्री थपिए

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

Prime-Minister-Kp-Sharma-Oli

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्नु भएको छ ।राष्ट्रपति कार्यालयले बुधवार विज्ञप्ति जारी प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिहरूको नियुक्ति, जिम्मेवारी हेरफेर गरी मन्तिपरिषद् गठन गरेको उल्लेख गरेको हो ।

यसक्रममा अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाउनु भएको छ।१२ औ पटक मन्त्रिपरिषद् गठन गरेका ओलीले अर्थमन्त्रालयको जिम्मेवारी पौडेललाई दिनु भएको हो।भने रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ ।महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाउनु भएको छ ।मन्त्रिपरिषद् हेरफेरका विषयमा बिहान नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको मन्त्रालय खोसेर प्रधानमन्त्री कार्यालयमा राख्नु भएको छ। रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओलीले आफैल लिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,