Connect with us
Kapilvast Forest

मन्त्रिपरिषद् विस्तार र हेरफेरप्रति प्रचण्ड असन्तुष्ट

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

prachanda
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको मन्त्रिपरिषद्को विस्तार र हेरफेरप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट बन्नु भएको छ ।
बुधबार साँझ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा तीन नयाँ अनुहारलाई प्रवेश गराउँदै एक जनाको जिम्मेवारी हेरफेर गर्नु भएपछि अध्यक्ष दाहाल असन्तुष्ट बन्नु भएको  छ ।
आज दिउँसो भएको भेटमा पनि मन्त्रिपरिषद् हेरफेर र विस्तारमा कुनै कुरासम्म भएको थिएन तर अकस्मात सुन्नु पर्दा उहाँ अचम्ममा पर्नुभयो’ अध्यक्ष दाहालको सचिवालयका एक सदस्यले भन्नुभयो ।
अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेललाई दिनु र उपप्रधानन्त्री ईश्वर पोखरेलको हातबाट रक्षा खोसिएका खबर सञ्चार माध्यमबाट नै अध्यक्ष दाहालले थाहा पाएको पनि ती सदस्यको दावी छ ।
मन्त्रिपरिषद्मा पूरै नयाँ अनुहार लैजाने या कामको मूल्यांकनको आधारमा पुर्नगठन गर्ने भन्ने विषय सचिवालय बैठकले गर्ने सहमति अध्यक्षद्वय ओली र दाहालबीच भएको पनि तीन सदस्यले बताउनुभयो । 
अर्थमन्त्री पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी अध्यक्ष दाहाललाई संविधानसभाको दोस्रो निर्वाचनमा सर्लाहीको तत्कालीन ५ नम्बर क्षेत्रबाट पराजित गर्ने लीलानाथ श्रेष्ठलाई दिइएको छ ।
त्यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएपछि अध्यक्ष दाहाल असन्तुष्ट बन्नु भएको  छ।
आज नियुक्ति पाएका तीन नयाँ अनुहार प्रधानमन्त्री ओलीको विश्वासपात्र र निकट हुनुहुन्छ ।
अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको यो कदमविरुद्व तत्काल पार्टीका अन्य नेतासंग छलफल थाल्नु भएको बताईएको छ । 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,