Connect with us
Kapilvast Forest

नेविसंघद्वारा चीनले नेपाली भूमि मिचेको विरोधमा प्रदर्शन

२०७७, २८ आश्विन बुधबारमा प्रकाशित

दार्चुला-चीन मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै नेपाल विद्यार्थी संघले दार्चुलामा विरोध प्रदर्शन गरेको छ ।हुम्लामा भएको चिनियाँ अतिक्रमणको विरोध गर्दै नेविसंघले सरकारविरुद्ध नाराबाजी गरेको हो ।

सीमा अतिक्रमणको विषयलाई सरकारले गम्भीर रुपमा नलिएको हुँदा आफूहरुले विरोध प्रदर्शनमा उत्रिएको नेविसंघ नेता सुरेन्द्र जोशीले जानकारी दिनु भयो ।नेविसंघका युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै खलंगा बजार परिक्रमा गरेका थिए ।

शान्ति सुव्यवस्था कायम गर, गो ब्याक चाइना, मिचिएको नेपाली भूमी फिर्ता गर’ त्रीभूवन विश्व विद्यालयमा नेविसंघलाई लगाइएको झुटा मुद्धा खारेज गर जस्ता नारा लगाएका थिए ।विरोध र्‍यालीमा नेविसंघ, नेपाल तरुण दल र नेपाल दलित संघका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,