Connect with us
Kapilvast Forest

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रान्समा कर्फ्यू

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्बिर

एजेन्सी-विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रान्स सरकारले राजधानी पेरिससहित ९ सहरमा कर्फ्यू लगाउने घोषणा गरेको छ ।

राष्ट्रपति इमानुयल म्याक्रोले बढ्दो कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आउँदो शनिबारदेखि लागू हुनेगरी कर्फ्यू लगाउने घोषणा भएको हो ।

एक टेलिभिजन अन्तरवार्तामा सम्बोधन गर्दै उनले शनिबारदेखि कम्तिमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा रातको समयमा कर्फ्यू लगाउने घोषणागर्नु भएको हो ।सुरुमा चार हप्ताको लागि भनिए पनि कम्तिमा ६ हप्तासम्म कर्फ्यू लम्ब्याउने योजनामा रहेको उहाँको भनाइ छ ।

त्यहाँ कर्फ्यू भने राति ९ देखि बिहान ६ बजेसम्म मात्र लागू हुने बीबीसीले जनाएको छ । राति कर्फ्यू लागे पनि दिउँसो भने विद्यालय समेत खुल्नेछन् ।

दिनको समयमा एक सहरबाट अर्को सहरमा पनि जान सकिनेछ । फ्रान्समा अहिले स्वास्थ्य आपत्काल लागु छ । बुधबार मात्रै त्यहाँ २२ हजार ९ सय ५१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । पुरै यूरोपमा कोरोना भाइरसको संक्रमण दोस्रो लहरमा सुरु भएपछि विभिन्न देशले प्रतिबन्ध लागु गर्न थालेका छन् ।

फ्रान्समा अहिलेसम्म ७ लाख ७९ हजारमा कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ लाख ३ हजार निको भएका छन् भने ३३ हजार ३७ जनाको ज्यान गएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,