Connect with us
Kapilvast Forest

विराटनगरमा थप तीन संक्रमितको मृत्यु

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

मोरङ- मोरङको विराटनगरमा उपचारका क्रममा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।मृतक एक महिला र दुई पुरूषको मृत्यु भएको हो  । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई संक्रमित पुरुषको बुधबार राति र आज बिहान मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरूष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय कोमृत्युभएको हो।असोज २१ गते रिपोर्ट पोजिटिभ देखिएका विराटनगरका पुरूषको आज बिहान ३:३० बजे मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनु भयो । ती पुरूषमा सुगरको पनि समस्या थियो ।

यस्तै गत सोमबार कोरोना पुष्टि भएका धरानका पुरूषको पनि मृत्यु भएको छ । उहाँको बुधबार राति ९ बजेतिर मृत्यु भएको बस्नेतले बताउनु भयो । उहाँमा सुगर र उच्च रक्तचापको समस्या रहेको बस्नेतले बताउनु भयो ।

विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचाररत मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया एक महिलाको पनि मृत्यु भएको छ ।उनको बुधबार साँझ ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । महिलामा मुटु सम्बन्धी पूरानै समस्या रहेको बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,