Connect with us
Kapilvast Forest

सशस्त्र प्रहरीले कोरोना भाइरस नियन्त्रण सम्बन्धि सचेतना फैलाउदै (फोटो फिचर)

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

कपिलवस्तु -सशस्त्र प्रहरी बल नेपाल न. ५ विध्याबाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरिक्षक किशोर प्रधानले कोभिड १९ तथा कोराना भाइरसको नियन्त्रणमा नागरिकहरु सचेत हुनुपर्नेे बताउनु भएको छ ।

नायबमहानिरिक्षक किशोर प्रधानले नागरिकहरुमा विश्व हात धुने दिवसको अवसरमाकपिलवस्तुको चन्द्रौटामा आयोजित सचेतना कार्यक्रमा बोल्दै स्थानिय स्तरमानागरिकहरुले लापरवार्ही गरेका कारण कोरोनाको जोखिम बढिरहेकोले सचेत हुन आग्रह गर्नु भयो ।

सचेतनामुलक कार्यक्रमले केहि हद सम्म भएपनि नागरिकहरुमा चेतना फैलाउँनेउद्देश्य रहेको उहाँले बताउनुभयो । स्थानिय स्तरमा नागरिकहरुले लापरवार्ही गरेका कारण कोरोनाको जोखिम बढिरहेकोले जब सम्म सचेत भइदैन तबसम्म जोखिक कम नहुने प्रधानले औल्याउनुभयो । पहिलो चरणमा लुम्बिनी प्रदेशकातराईको ६ जिल्लामा अभियान सुरु गरिएको नायब महानिरिक्षक प्रधानले जानकारी दिनु भयो ।

 

सशस्त्र प्रहरी बल नेपाल न. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले पहिलोचरणमा प्रदेश भित्रका तराईका जिल्लामा कोरोना नियन्त्रण सम्बन्धि चेतनामुलक तथा मास्क बितरण गरिएको छ । अभियानमा नागरिकहरुलाई हात धुन सिकाउने,मास्कको प्रयोग बारे जानकारी दिने र स्थायिनहरुलाई मास्क बितरण गरिएको छ ।

कपिलवस्तुको चन्द्रौटामा बिहिवार भएको कार्यक्रममा उहाँले सशस्त्र प्रहरीले नागरिकको शान्ति सुरक्षा विशेष ध्यान दिएको बताउनुभयो । शिवराज नगरपालिका नगर उपप्रमुख शिवकुमारी थारुले नागरिकहरुलाई सचेत बनाउने यो अभियानमा स्थानि तहको पूर्ण साथ रहने बताउनुभयो ।

नगरले कोरोना विशेष अस्पताल तथा पिसिआरको परिक्षणको दायरा बढाएको बताउँदै नागरिकहरुले मास्क तथा साबुन पानीले हात धुनुपर्ने जोड दिनुभयो ।

सुरुमा समयमा कपिलवस्तुमा धेरै संक्रमित भटिएको भएपनि पछिल्लो समयमा भने कम रहेको उहाँले बताउनुभयो । चन्द्रौटामा भएको कार्यक्रममा सशस्त्र प्रहरी निरिक्षक डा.राज्य खड्काले हात धुने तरिका,मास्कको प्रयोग बारे जानकारी दिनुभएको थियो । हात धुने तरिका थाहा नहुदाँ नागरिकहरुमा संक्रमण फैलिन सक्ने जोखिम रहेको उहाँले बताउनुभयो । विश्व हात धुने दिवशको अवशरमा संचालन गरिएको अभियानले नागरिकहरुलाई सचेतना गराउने विश्वास लिइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,