Connect with us
Kapilvast Forest

चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकका परिवारलाई नौ लाख ५० हजार प्रदान

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्बिर

तनहुँ– चितुवाको आक्रमणबाट ज्यान गुमाएका बालकका तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारका पीडित परिवारलाई डिभिजन वन कार्यालयले राहत रकम उपलब्ध गराएको छ । गत साउन २१ गते चितुवाको आक्रमणबाट मृत्यु भएका ११ महिनाका बालक नारायण रानाको परिवारलाई आज रु नौ लाख ५० हजार प्रदान गरिएको हो ।

उक्त रकमको चेक सांसद केदार सिग्देल र गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले मृतकका बुबा विष्णुकुमार रानालाई हस्तान्तरण गरेका छन् । उनले जङ्गल छेउमा बस्ती हुँदा चितुवाको आक्रमण बढ्दै गइरहेकाले यस्ता घटना दोहोरिन नदिन चनाखो बन्नुपर्ने बताउनु भयो । प्रदेशसभा सदस्य कोइरालाले गाउँबस्ती असुरक्षित हुँदै गएकाले सुरक्षित घरबासलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनु भयो ।

गत साउन २१ गते घटनालगत्तै डिभिजन वन कार्यालयले किरिया खर्चबापत पीडित परिवारलाई रु ५० हजार राहत उपलब्ध गराएको थियो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकालाई राहत स्वरुप रु दश लाख दिने प्रावधान रहेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,