Connect with us
Kapilvast Forest

बुटवलमा आइसीयु बेड नपाउँदा अर्घाखाँचीका कोरोना संक्रमितको पुरुषको मृत्यु

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

corona-hospital-butwal
प्रतिनिधिमुलक तस्बिर

बुटवल – बुटवलमा आइसीयु बेड नपाउँदा बुटवलमा संक्रमितको मृत्यु भएको छ।बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा बेड नपाएपछि दाङको बेलझुन्डी अस्पताल लैजाँदै गर्दा थप एक संक्रमितको बाटोमै मृत्यु भएको हो।

अर्घाखाँचीको भुमिकास्थान–९ का ७३ वर्षिय पुरुषको दाङ लैजाने क्रममा आज बिहान पौने आठ बजे बाटोमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिनु भयो ‌।

अर्घाखाँचीबाट उपचारका लागि बुटवल आउनु भएकापुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा गत मंगलबार रिपोर्ट पोजिटिभ आएको थियो।

त्यसपछि उहाँलाई कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको थियो। बुटवलमा आइसीयु बेड नपाएका कारण उहाँको मृत्यु भएको हो।उहाँको स्वास्थ्यमा गएराति थप समस्या देखिएपछि अस्पतालले दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा रेफर गरेको थियो।पछिल्लो समय लगातार लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएपछि कोरोना अस्पतालमा बेड भरिएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,