Connect with us
Kapilvast Forest

म्याद गुज्रेका पाँच लाख बराबरका सामग्री नष्ट

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

पर्वत – हिमाल पारीको जिल्ला मुस्ताङमा झन्डै पाँच लाख मूल्य बराबरका दैनिक उपभोग्य सामग्री(म्याद नाघेका) नष्ट गरिएको छ।केही दिनदेखि बजार अनुगमन गरेर उपभोग्य सामग्रीको प्रयोग अवधि र भण्डारण अवस्थाबारे जानकारी लिइएको र सोही क्रममा म्याद गुज्रिएका सामान फेला पारिएको अनुगमनको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताउनु भयो ।

उहाँका अनुसार अहिलेसम्मको अनुगमनमा सबैभन्दा बढी घरपझोङ गाउँपालिकामा दुई लाख रुपैयाँ मूल्य बराबरका उपभोग्य सामग्रीहरु नष्ट गरिएको छ। म्याद नाघेका सामग्रीहरूमा तेल, मसला, बिस्कुट, मह, अनुहारमा लगाउने क्रिम लगायतका सामग्री नष्ट गरिएको हो।

हालसम्मको अनुगमनका क्रममा थासाङका गाउँपालिकाको वडा नं। १ टुकुचे, वडा नं। २ कोबाङ र वडा नं। ३ लेतेमा गरिएको अनुगमनमा डेढ लाख, घरपझोङ गाउँपालिकामा दुई लाख, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा ५० हजारर लोमान्थाङ गाउँपालिकामा एक लाख रुपैयाँ बराबरका सामग्रीहरू नष्ट गरिएको छ।

बजार अनुगमनका लागि बनेको समूहको नेतृत्व सहायक प्रतिअ अर्यालले गर्नु भएको छ भने अन्य सदस्यहरूमा सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, प्रहरी निरीक्षक आशिष अधिकारी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहन सुवेदी, कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल पुष्पराज आचार्य लगायत रहनु भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,