Connect with us
Kapilvast Forest

विदेशी विनिमय अपचलन गर्ने विरुद्ध मुद्दा

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

rajosso.jpg

काठमाडौँ – भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैरकानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।

जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्री श्याम इम्पेक्स सञ्चालक मोहन वंशल र गोविन्द वंशललाई रु ८५ करोड ९५ लाख २२ हजार बिगो बराबरको विदेशी विनिमय अपचलन गरेको विभागको आरोप छ ।

उक्त बिगो असुलउपर गरी तीन गुणासम्म जरिवाना र तीन वर्षसम्म कैद साजयको मागदावी लिई बुधबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशन दीर्घराज मैनालीले जानकारी दिनु भयो ।

जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्याम इम्पेक्समार्फत विदेशमा निर्मित मोवाइल, मेमोरीकार्डलगायत माल वस्तुहरु पटकपटक भन्सार नतिरी चोरी पैठारी गरी अवैध बिक्री गरेको पाइएको विभागले जनाएको छ ।

कानुनअनुसार माल वस्तुको निकासी वा पैठारी गर्दा अनिवार्य भन्सार विन्दुमा माल वस्तुको घोषणा गर्ने र लाग्ने महशुल भुक्तानी गरी निकासी र पैठारी गर्नुपर्ने व्यवस्था रहेको छ ।

यस्ता मालवस्तु तेश्रो मुलुकबाट ल्याउँदा विदेशी मुद्रा भुक्तानी नगरी ल्याउन सकिँदैन । ठूलो मात्रामा विदेशी मुद्रा गैरकानुनी रुपमा विदेश पठाई विदेशी विनिमय अपचलन गरेको विभागले जनाएको छ ।

विदेशी विनिमय अपचलन गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४, दफा ८९२० र दफा ९९ग० बमोजिम कसूर गरेकाले मुद्दा चलाइएको मैनालीले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,