Connect with us
Kapilvast Forest

पोखरा महानगरपालिकाका अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालका लागि बन्द

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

pokhara.jpg

कास्की -पोखरा महानगरपालिकाले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरेको छ ।कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको मेयर मानबहादुर जिसीले जानकारी दिनु भयो ।

कर्मचारीमा कोरोना देखिएपछि स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै अन्य कर्मचारी पनि कार्यस्थलमा खटिन नसक्ने भएपछि सेवा अनिश्चितकालका लागि बन्द गर्नुपरेको उहाँले बताउनु भयो ।

महानगरका पदाधिकारी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका कारण भेटघाट तथा बैठकहरूसमेत अर्को सूचना नभएसम्मका लागि स्थगित भएको मेयर जिसीले सूचनामा उल्लेख गर्नु भएको छ ।

पोखरा महानगर कार्यालयका एक सवारीचालकमा कोरोना संक्रमण पुष्टि भएको र केही कर्मचारीमा समेत लक्ष्यण देखिएपछि बुधबार नै स्वाब संकलन गरिएको महानगरको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।महानगरका ३३ वटै वडा र अन्य विषयगत कार्यालय भने खुला रहनेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,