Connect with us
Kapilvast Forest

नवनियुक्त अर्थमन्त्री पौडैलद्वारा पदबहाली, पहिलो हस्ताक्षर नै ऋणमा

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

bishnu-paudel-ncn.jpg

काठमाडौं -नवनियुक्त अर्थमन्त्री विष्णु पौडैलले अर्थ मन्त्रालयमा पदबहाली गर्नु भएको छ ।शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएलगत्तै सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पौडेलले पदबहाली गरे‍का हुनु भएको हो । पदभार सम्हाल्दै पौडेलले विश्व बैंकबाट लिने ऋणको फाइलमा हस्ताक्षर गर्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीबाट बुधबार पौडेल अर्थमन्त्रीमा नियुक्त हुनु भएको छ ।शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गर्नु भएको थियो ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गर्नु भएको थियो

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,