Connect with us
Kapilvast Forest

स्याङ्जा छिर्न पिसिआर रिपोर्ट अनिवार्य, नभए क्वारेन्टिन बस्नुपर्ने

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

police-office-syanga.jpg

पोखरा-स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले जारी गरेको आदेशमा असोज १ गतेदेखि जिल्ला प्रवेशमा ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भनेको छ। पिसिआर रिपोर्ट दिन नसक्नेले क्वारेन्टिनमा बसेर मात्र घर जान पाउने छन् ।जिल्लामा कोरोना भाइरसको महामारी फैलिन नदिन सर्वपक्षीय बैठक बसेर उक्त निर्णय गरेको सिडिओ बस्नेतले बताउनु भयो ।

दसैं, तिहार लगायत नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको आदेशमा उल्लेख छ। आदेशमा जो जहाँ छ, त्यहीँ बसेर चाडपर्व मनाउन आग्रह गरिएको छ।

जिल्ला प्रवेशमा कडाइ गर्ने निर्णय लागू गर्न सबै स्थानीय तह, जिल्ला समन्वय समिति, राजनीतिक दल, उद्योग वाणिज्य संघ लगायतलाई आग्रह गरेको छ।

आदेशको अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ।प्रशासनले आदेश जारी गरेपछि प्रहरीले स्याङ्जा छिर्ने नाकामा कडाइ गर्न थालेको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,