Connect with us
Kapilvast Forest

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चापागाईँलाई कोरोना संक्रमण

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

covid

 

ताप्लेजुङ– ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइलाई कोरोना संक्रमण पुष्टी भएको छ ।प्रजिअलाई कोरोना पोजेटीभ भएपछि जिल्ला प्रशासन कर्यालय सात दिनलाई सिल गरिएको छ ।

प्रशासन सातदिनलाई बन्द गरिने तथा प्रजिअका सम्पर्कमा आएका सबैको पिसिआर परीक्षणसमेत गरिने प्रशासनका नायव सुब्बा रमेशप्रसाद सिग्देलले बताउनु भयो ।

ओलाङ्चुङगोलामा स्थापना हुने बिओपी उद्घाटनका क्रममा पर्यटनमन्त्री योगेशकुमार भट्टराइसँगै एउटै हेलिकोप्टरमा सवार चापागाईलाई संक्रमण पुष्टि भएको हो ।

बिओपी उद्घाटनको कार्यक्रम सकेर फर्किएको भोलिपल्ट देखिएको हल्का ज्वरोका आधारमा प्रजिअ चापागाईँको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर पठाईएको थियो ।

स्वाब संकलनपछि प्रजिअ चापागाई प्रशासन कार्यालयकै आवास कक्षको क्वारेन्टाइनमा बस्दै आउनु भएको थियो ।उहाँले आफ्नो स्वाब परीक्षणको रिर्पोट पोजेटिभ आएकाले थप सतर्कताका साथ आइसोलेसनमा रहने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,