Connect with us
Kapilvast Forest

धनगढीमा ग्यास लिक भएर आगलागी हुँदा महिलाको मृत्यु

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

file death

 कैलाली –धनगढीमा खाना पकाउने ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु भएको छ ।बुधबार बिहान धनगढी उपमहानगरपालिका ८ स्थित हरिलाल विष्टको घरमा ग्यास विस्फोट भएर आगो लागेको थियो । ग्यास विस्फोटमा परी ७० बर्षका विष्ट, उहाँकी ६५ बर्षीया श्रीमती बिर्मा विष्ट र १५ बर्षकी नातिनी महेश्वरी विष्ट घाइते हुनु भएको थियो ।

शरीरमा आगो लागेर गम्भीर घाइते रहेकी महिलाको उपचारमा क्रममा बिहीबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनु भयो ।

उहाँको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको उहाँले बताउनु भयो । अन्य २ जनाको भने काठमाडौँमा उपचार भइरहेको छ ।धनगढीस्थित माया मेट्रो अस्पतालबाट बुधबार नै हेलिकप्टरमार्फत तीनै जनालाई काठमाडौँ लगिएको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,