Connect with us
Kapilvast Forest

२४ घण्टामा थपिए ३ हजार ७ सय ४९ कोरोना संक्रमित

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

corona ncn

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिनु भएको हो ।मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ३५६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८४ हजार ५१८ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६७५ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,