Connect with us
Kapilvast Forest

निर्मला प्रकरणमा मुछिएका तीन प्रहरीको निलम्बन फुकुवा

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

nirmala
प्रतिनिधिमुलक तस्बिर

काठमाडौं – निर्मला हत्या प्रकरणमा निलम्बित तीन प्रहरी अधिकारी जागिरमा फर्किने बाटो खुलेको छ ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट अनुसन्धानका लागि कञ्चनपुर पुगेका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, कञ्चनपुरमै कार्यरत प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदको निलम्बन फुकुवा भएको हो ।

योसँगै उहाँहरु प्रहरीको नियमित काममा फर्किने बाटो खुलेको छ ।गृह मन्त्रालयको कानुन शाखाका सह–सचिव थानेश्वर गौतमका अनुसार डीएसपी जिसीको निलम्बन गृहले फुकुवा गरेको हो भने धामी र साउदको प्रहरी प्रधान कार्यालयले गरेको हो । उहाँहरुमाथि लागेको प्रमाण नष्टको मुद्दामा जिल्ला अदालत, कञ्चनपुरले सफाइ दिइसकेको छ ।

यसअघि प्रहरी नियमावलीमा कर्मचारीलाई लागेको मुद्दाको अन्तिम किनारा नलागेसम्म जागिरमा पुनर्वहाली हुन नपाउने व्यवस्था थियो । केही अघि बसेको मन्त्रिपरिषद् बैठकले त्यसलाई संशोधन गरेर अन्तिम किनारा भन्ने शब्द हटाइएको थियो । त्यससँगै प्रकरणमा मुछिएका प्रहरी अधिकारीको निलम्बन फुकुवा भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,