Connect with us
Kapilvast Forest

शिवराज शिक्षा शाखाद्वारा संस्थागत विद्यालयलाई निसङ्क्रमण सम्वन्धी प्रयोगात्मक तालिम

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

शिवकुमार बेल्बासे,कपिलवस्तु-शिवराज नगरपालिका शिक्षा शाखाले आज युनिसेफको सहयोग र शिवराज नगरपालिकाको आयोजनामा शिवराज नगरपालिका भित्र रहेका संस्थागत विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगीलाई (कोभिड १९ )कोरोना भाइरस रोकथामका लागि विद्यालय र कक्षाकोठा निसङ्क्रमण सम्बन्धी एकदिने प्रयोगात्मक तालिम सम्पन्न भएको छ।

प्रशिक्षकका रुपमा रहनुभएका शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले वैकल्पिक विधिको प्रयोग गरि विद्यालयमा वा सिकाइ केन्द्रमा सिकाइ सहजीकरण गर्दा विद्यार्थीलाई सङ्क्रमण हुनबाट बचाउन नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय वा सिकाइ केन्द्रलाई कसरी निस्सङ्क्रमण बनाउन सकिन्छ भन्ने विभिन्न उपायका बारेमा प्रकाश पार्नुभएको थियोे ।

उहाँले विद्यालय ,कक्षाकोठा वा सिकाइ केन्द्रलाई निःसङ्क्रमण बनाउन प्रयोग गरिने विभिन्न विषादीको प्रयोग गर्ने तरिका,विषादी प्रयोग गर्ने व्यक्तिले लगाउनुपर्ने स्वास्थ्य सामग्रीलाई प्रत्यक्षरुपमा प्रयोग गराएर सोही बमोजिम गर्न विद्यालय प्रधानाध्यापक र कार्यालय सहयोगीलाई आग्रह गर्नुभयो ।

साथै उहाँले अनुगमन गर्ने क्रममा फफुरी इङलिस बोर्डिङ स्कुलले स्वास्थ्यका मापदण्ड र नगरपालिकाको शिक्षा शाखाले भने अनुसार सिकाइ सहजीकरण गरेकाले अरुले पनि त्यसको सिको गर्नुपर्ने बताउनुभयो ।

पहिलो अनुगमनमा विभिन्न विद्यालयलाई सचेत गराए बमोजिम आजको अनुगमनमा आव मदरल्याण्ड एकेडेमीको सिकाइ केन्द्रमा बसाइ व्यवस्थापन राम्रो रहेको पनि बताउनुभयो ।

शिवराज नगरपालिकाको शिक्षा शाखाले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधिले जारी गरेको निर्देशिका बमोजिम सिकाइ सहजीकरण गर्न सम्पूर्ण विद्यालयलाई निर्देशन दिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,