Connect with us
Kapilvast Forest

कमल थापालाई कोरोना सक्रमण, यस्तो छ स्वास्थ्य अवस्था

२०७७, २९ आश्विन बिहीबारमा प्रकाशित

kamal thapa

काठमाडौ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ ।

सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९को पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराउनुभएको छ ।

कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी र सतर्कता राखे तापनि परीक्षणको नतिजा पोजेटिभ आएको र अहिले स्वास्थ्यावस्था सामान्य रहेको अध्यक्ष थापाले उल्लेख गर्नुभएको छ ।

उहाँ अहिले बूढानीलकण्ठस्थित निवासमै आइसोलेशनमा रहनुभएको पार्टी सचिवालय सदस्य राजाराम बर्ताैलाले जानकारी दिनुभयो । केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अध्यक्ष थापाले अनुरोधसमेत गर्नुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,