Connect with us
Kapilvast Forest

आईपीएलमा पञ्जाबको जित, बेङ्‍गलोर ८ विकेटले पराजित

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

ipl-1.jpg

काठमाडौं-बिहीबार राति भएको खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ रनले पराजित गर्दै पन्जाबले पाँच हारपछि पहिलो जित निकालेको हो।१७२ रनको लक्ष्य पछ्याइरहेको पन्जाबलाई अन्तिम ओभरमा पन्जाबलाई जितका लागि केबल दुई रन आवश्यक थियो। तर यूजभेन्द्र चाहालले पहिलो पाँच बलमा मात्र एक रन दिएर खेल रोमाञ्चक बनाउनु भयो ।

पाँचौं बलमा क्रिजमा जमेका गेल समेत रनआउट हुनु भयो। तर, त्यसपछि क्रिजमा आएका निकोलस पुरनले अन्तिम बलमा छक्का प्रहार गर्दै पन्जाबलाई जित दिलाउनु।

आठ खेल खेलिसकेको पन्जाबको यो दोस्रो जित हो। अझैपनि पन्जाब अंकतालिकाको पुछारमा छ। प्ले अफमा रहिरहन उसलाई बाँकी ६ खेलमा गर या मरको स्थिति छ।

अर्कातर्फ विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरको यो तेस्रो हार हो। १० खेल खेलेको बैंग्लोर १० अंकसहित तेस्रो स्थानमा छ।लक्ष्य पछ्याउनेक्रममा पन्जाबको मयांक अग्रवाल र केएल राहुलले पहिलो विकेटका लागि ७८ रन जोडनुभयो। मयांकलाई ४५ रनमा यूभवेन्द्र चाहलले पवेलियन फर्काउनुभयो ।

त्यसपछि राहुलले क्रिस गेलसँग ९३ रनको साझेदारी गर्नु भयो । राहुलले ६१ र क्रिस गेलले ५३ रनको अर्धशतकीय पारी खेल्लनु भयो ।त्यसअघि कप्तान विराट कोहलीले ३९ बलमा तीन चौकासहित ४८ रन जोडेपछि बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन जोडेको थियो।त्यसबाहेक बैंग्लोरका क्रिस मोरिसले २५, सुभम दुबेले २३, आरोन फिन्चले २० र देवदत्त पाडिक्कलले १८ रन जोड्नुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,