Connect with us
Kapilvast Forest

मालपोत कार्यालयमा छापा, राति कारोबार गर्ने १८ पक्राउ

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

पर्सा- मालपोत कार्यालय पर्सामा रातिसम्म पैसाको लेनदेन गरेर कामकारवाही हुने गरेको खुलेको छ । प्रशासन कार्यालयले बिहीबार अबेर राति छापा मार्दा पैसाको लेनदेन भइरहेको पाइएको हो ।

विशेष सूचनाको आधारमा प्रशासन कार्यालय पर्साले छापा मार्दा मालपोत कार्यालयका कर्मचारीसँगै कार्यालय बाहिरका ८ जनाबीच पैसाको कारोबार भइरहेको भेटिएको हो । विभिन्न फाइलभित्र राखिएको रकमसहित १८ जनालाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रशासनको टोलीले राति ८ बजेर ३० मिनेटपछि छापा मारेको हो । छापा मारेसँगै सेवाग्राहीसहित १८ जनालाई नियन्त्रणमा लिनुको साथै ११ हजार भन्दा बढी रकम बरामद भएको पौडेलले बताउनु भयो ।

तर मालपोत कार्यालयका प्रमुख सुमन झाले भने देश विषम परिस्थितिमा भएकोले कर्मचारीको अभावका काराण राति अबेरसम्म बसेर काम गर्नुपरेको बताउनु भयो । झाले रातिसम्म बसेर पनि आफूहरुले सेवा प्रवाह गर्नुपरेको दाबी गर्नुभयो ।

प्रशासन कार्यालयबाट सहायक प्रमुख जिल्ला अधिकारीको कमान्डमा खटिएको टोलीले मालपोत कार्यालयमा छापा मारेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,