Connect with us
Kapilvast Forest

प्रहरी दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा प्रहरीको खुलेर प्रशंसा

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

kp oili

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको भूमिकाको खुलेर प्रशंसा गर्नु भएको छ ।हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै प्रहरीको भूमिकालाई लिएर आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको दृढता, इमान्दारिता र कर्तव्यनिष्ठाको मुक्तकण्डले प्रशंसा गर्नु भएको छ।

शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरीले नागरिकको विश्वास जित्नुपर्नेमा जोड दिनु भएको छ । दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले नागरिकको विश्वास जित्नुपर्नेमा जोड दिनु भयो ।

‘हाम्रा व्यवहार र अभिव्यक्तिले नागरिकको विश्वास जित्नुपर्ने भनाइ राख्नु भएको थियो , ‘प्रहरीमाथिको विश्वास नागरिकमा कमजोर भयो भने सुरक्षास्थिति कमजोर हुने खतरा हुन्छ ।’

प्रधानमन्त्री ओलीले प्रहरीलाई गलत बाटो नभएर सत्य र निष्ठाकासाथ जिम्मेवारीमा अगाडि बढ्न निर्देशन दिनु भयो । सरकारले अगाडि सारेको भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति कार्यान्वयनमा प्रहरीको महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ छ । यो नीतिलाई प्रहरी संगठनले अक्षरस पालना गर्ने विश्वाससमेत प्रधानमन्त्री ओलीले व्यक्त गर्नु भयो ।

‘सरकारले लिएको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई अगिंकार गरौँ । यसको कार्यान्वयनमा प्रहरीको मुख्य भूमिका रहेको प्रधानमन्त्री ओलीलेबताउनु भयो ‘।भ्रष्टाचारको शून्य सहनशीलताको यो अभियानलाई नेपाल प्रहरी मुख्यालयदेखि मातहतका चौकीसम्म पालना हुनेछ भन्नेकुरामा म विश्वस्त छु ।’

प्रहरीले पालना गरेपछि मात्र यो अभियान नागरिकमाथि पालना गराउन सकिने उहाँको भनाइ छ ।प्रहरी कल्याणमा सरकार तत्पर रहेको भन्दै प्रधानमन्त्री ओलीले सबैको विश्वास प्रहरी नै भएको बताउनु भयो । उहाँले प्रहरी भएकै कारण आज आफूहरु सन्चले सुत्न पाएकोसमेत बताउनु भयो ।

दिवसको सन्दर्भमा सिंगो संगठनलाई बधाई शुभकामना दिँदै ओलीले कोरोना संक्रमणको उपचार गराइरहेका प्रहरीको स्वास्थ्य लाभको कामनासमेत गर्नु भयो । अप्ठेरो अस्वस्थामा दिवसको अवसरमा स्वास्थ्य मापदण्ड पालना गरेर कार्यक्रम गरेको भन्दै उहाँले प्रहरीलाई धन्यवाद दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,