Connect with us
Kapilvast Forest

बाबुराम भट्टराईले लगाएको आरोपमा सत्यता छैन:प्रधानमन्त्री ओली

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

Prime-Minister-Kp-Sharma-Oli

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी आयोजनामा अबौं भ्रष्टाचार गरेको भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लगाएको आरोपमा सत्यता नभएको बताएउनुभएको छ।शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही दिनअघि भट्टराईले लगाएको आरोपको खण्डन गर्नु भएको हा ।

बाबुरामले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्बौ घुस लिएको आरोप लगाउनु भएको थियो । यो आरोपका सम्बन्धमा पहिलो पटक बोल्दै ओलीले गलत सूचनाको प्रचार भएको बताउनु भयो ।बाबुरामको नाम नलिइकन प्रधानमन्त्री ओलीले यसलाई गैरजिम्मेवार अभिव्यक्तिको संज्ञा दिनु भयो ।

‘नेपाल सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिका साथ अगाडि बढेको छ । हुन त केही गैरजिम्मेवार तत्वहरु गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु’, पूर्वप्रधानमन्त्री बाबुरामप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नु भयो ‘एउटा निर्णय नभएको, कार्यआरम्भ नभएको र त्यो हुन्छ हुँदैन, कसले गर्छ, कसरी गर्छ भन्ने टुंगो नभएको कुरोमा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । त्यस्ता गैरजिम्मेवार अभिव्यक्ति निराधार हुन् ।’

उहाँले देश र जनतलाई गलत सूचना दिएर, भड्काएर गलत बाटोमा लाग्ने हर्कत आफूहरुले कहिल्यै नगर्नेसमेत बताउनु भयो । ‘अभिव्यत्ति एउटा कुरा हो । तर, हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौँ । देश र जनतालाई गलत सूचना दिएर, भ्रममा पारेर, भड्काएर, गलत बाटोमा लाग्ने हर्कत हामी गर्दैनौँ’, प्रधानमन्त्री ओलीले भन्नु भयो , ‘हामी सत्य निष्ठा र जिम्मेवारीका साथ मात्र अगाडि बढ्छौँ ।’

 

६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मिलापत्रका नाममा कुनै पनि घटना छोपछाप गर्नु उचित र सैह्य नहुने बताउनुभएको छ ।उहाँले मिलापत्रका नाममा कुनै पनि घटना छोपछाप गर्नु उचित र सैह्य नहुने बताउनुभएको हो । उहाँले बलात्कार लगायतका घटना लुकाउनको लागि सामाजिक दबाब र भनसुन, विभिन्न खालमा प्रभाव आए पनि कानुन कार्यान्वयनमा अघि बढ्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।

निष्पक्ष अनुसन्धान कानुन कार्यान्वयन र कानुनी राज्यको आधार भएकाले पीडितलाई न्याय दिन र राज्यमा दण्डहीनता अन्त्यको लागि पनि आवश्यक भएकाले पारदर्शी सेवा संचालन गर्न प्रहरीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,