Connect with us
Kapilvast Forest

झापामा सशस्त्रका ११ बिओपी, अरु सात थपिँदै

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

jhapa-bop.jpg

झापा – भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट बिओपी स्थापना गरेको छ ।

मेचीनगर-१५ को ज्यामिरगढीमा ११ औँ बीओपीको उद्घाटन गर्दै सशस्त्र प्रहरी बलका प्रदेश १ प्रमुख वंशीधर दाहालले सीमाको सुरक्षालाई कसिलो र अपराध नियन्त्रण गर्न हरेक पाँच किलोमिटरको दूरीमा बीओपी स्थापनाको लक्ष्य रहेको बताउनुभयो ।

उहाँले झापामा अरु सातवटा बीओपी छिट्टै स्थापना गरिने जानकारी दिँदै मानव बेचबिखन, लागुऔषधको कारोबार, तस्करीलगायत अपराध रोक्न सीमाका बीओपीमा तैनाथ सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो ।

झापामा १४४ दशमलव २ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा क्षेत्र छ । सरकारले छोटी भन्सार तोकेका स्थानमा अनिवार्यरूपमा बीओपी स्थापना भइरहेका छन् । बीओपीका लागि स्थानीय तहले दाताबाट प्राप्त वा खाली रहेको सरकारी जग्गा उपलब्ध गराउँदै आएका छन् ।

भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको मेचीनगरमा काँकडभिट्टा, बाहुनडाँगी र ज्यामिरगढी गरी तीनवटा बिओपी स्थापना भइसकेका छन् भने अझै एउटा नकलबन्दा छोटी भन्सार क्षेत्रमा स्थापनाको तयारी भइरहेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले सीमाको अभिलेख दुरुस्त राख्ने र सीमापार अपराध नियन्त्रण गर्ने बिओपीको लक्ष्य भएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,