Connect with us
Kapilvast Forest

राजनीतिक स्थिरता र दिगो शान्ति नै समृद्धिको पहिलो सर्त हो :मुख्यमन्त्री पौडेल

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

वाग्मतीका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

हेटौंडा–६५ औं प्रहरी दिवसका अवसरमा आज बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित कार्यक्रममा लाइ सम्वोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यावसायिकता, अनुशासन, इमान्दारिता तथा कर्तव्यपरायणता नै नेपाल प्रहरीको पहिचान भएको बताउनु भयो ।
उहाँले देशमा अस्थिरता निम्त्याउने तथा सामाजिक अमनचयनलाई खल्बल्याउन चाहने तत्वहरुको पहिचान गरी त्यसलाई निरुत्साहित गर्न सक्दा नागरिकमा विश्वासको वातावरण सिर्जना हुने बताउनु भयो ।

‘लामो समयपश्चात देशमा राजनीतिक स्थिरता प्राप्त भएको छ। संविधान निर्माणसँंगै अधिकार प्राप्तिको आन्दोलन समापन भएपश्चात देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प पूरा गर्ने मार्गचित्रमा अघि बढेको छ । राजनीतिक स्थिरता र दिगो शान्ति नै समृद्धिको पहिलो सर्त हो भएको मुख्यमन्त्री पौडेलले बताउनु भयो ।

पौडेलले प्रहरी दिवसको विशेष अवसरमा देश र जनताको सुरक्षा, शान्ति तथा अमनचयनका लागि क्रियाशिल प्रहरीका सम्पूर्ण अधिकृत तथा जवानमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नु भयो ।पौडेलले कर्तव्य पूरा गर्ने सिलसिलामा अमर सहीदप्रति श्रदाञ्जली व्यक्त गर्दै उहाँहरुको योगदानको स्मरण गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,