Connect with us
Kapilvast Forest

विश्व कराते च्याम्पियनसिपमा सुवासलााई रजत

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

subash.jpg

काठमाडौं-नेपाली कराते खेलाडी सुवास घतानेले भर्चुअल विश्व कराते (काता) च्याम्पियनसिपमा रजत जित्नु भएको छ ।सुवासले एकल कातामा रजत जितेको नेपाल सोतोकान कराते संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जनाउनु भएको छ । सो स्पर्धामा पोर्चुगलका खेलाडीले स्वर्ण तथा इटालीका खेलाडीले कांस्य  जित्नु भएको थियो ।

एपीएफका सुवासले त्यसअघि नेपाल ओपन अनलाइन काता च्याम्पियनसिपमा भने स्वर्ण जित्नु भएको थियो । उहाँले रविन्द्र मानन्धरलाई पछि पार्दै स्वर्ण हात पार्नु भएको हो । सोतोकान करातेका सुवासले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा आठौं राष्ट्रिय खेलकुदमा रजत जित्नु भएकाृ थियो ।

दुवै राष्ट्रिय खेलकुदमा भने सुवासले कुमुतेमा प्रतिस्पर्धा गर्नु भएको थियो । सातौंमा ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका सुवासले आठौंमा ६७ केजीमा खेल्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,