Connect with us
Kapilvast Forest

गुल्मीमा दसैँको मेला, महोत्सव र जात्रा गर्न रोक

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

गुल्मी -गुल्मीका मठ मन्दिरमा बडादसैँमा हुने नियमित पूजापाठहरु बाहेक अन्य कार्यहरु गर्नका लागि रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालय गुल्मीले कोरोना भाइरसका कारण नियमित रुपमा हुने पुजापाठहरु बाहेक अन्य मेला महोत्सव र भिडभाड गर्नका लागि रोक लगाएको हो।

विजयादशमीको अवसरमा परम्परादेखि हुँदै आएका नियमित पूजापाठबाहेक धार्मिक मेलाहरु, जात्रा, सरायँ नाच लगायतका भिडभाड हुने कार्यहरुका लागि रोक लगाइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनु भयो ।

यदि कसैले अवज्ञा गरे संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने शर्माले बताउनु भयो । यस्तै, जिल्ला प्रशासन कार्यालय गुल्मीले दसैँ तिहार लगायतका चाडपर्वहरु सकेसम्म घरमै बसेर मनाउन आग्रह गरेको छ।

यदि अत्यवश्यक कामका लागि घरबाहिर निस्कन परे अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न समेत आग्रह गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,