Connect with us
Kapilvast Forest

अहिलेको अवस्थामा ल्याउन खोजेजति मल ल्याउन सकिदैन :कृषि मन्त्री भूसाल

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

ghanshyam

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रह्माजी आए पनि पाँच लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको टिप्पणी गर्नु भएको छ ।

शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताउनु भएको छ ।

कलकत्ताको पोष्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भूसालले तर्क गर्नु भयो

‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने अहिले हामीले ल्याउन खोजेको ५ लाख मेट्रिक टन आजकै व्यवस्थाबाट शिवजी आए भने पनि, ब्रह्माजी आए पनि सक्दैनन् उहाँले भन्नु भयो , कोलकाताकै पोष्टबाट आजकै तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिक टनका लागि दिनदिनै एउटा ट्रेन नेपाललाई डेडिकेटेड हुनुपर्छ। जो दिनदिनै आउनेछ।’

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताउनु भयो । अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तनको बारेमा कम आलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको समेत उहाँले बताउनु भयो । कृषि प्राविधिकहरूले प्रविधिभन्दा माथि उठेर काम गर्न सके मात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको बताउनु भयो ।

कृषि व्यवस्थालाई परिवर्तन गर्न पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इनपुटमा आधारित लगानी गरिने व्यवस्था गरिएको तर त्यसमा पनि धेरै काम गर्न नसकेको उहाँस्वीकार गनुृ भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,