Connect with us
Kapilvast Forest

काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना संक्रमण

२०७७, ३० आश्विन शुक्रबारमा प्रकाशित

kathmandu corona

काठमाडौं-पछिल्लो २४ घण्टामाकाठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका १ हजार ७ सय ८४ जना, भक्तपुरका २ सय ४४ जना र ललितपुरका ३ सय ७४ जना छन्।उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ। यस दिन मात्र थप मृतक २१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,