Connect with us
Kapilvast Forest

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्न राखेपको अनुमति

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं -राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्न अनुमति दिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)को निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टिमको प्रशिक्षण अघि बढाउन अनुमति दिएको हो ।

एन्फाले बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि राखेपसँग प्रशिक्षणको अनुमति माग गरेको थियो ।राखेप सदस्य सचिव रमेशकुमार सिलवालले एन्फालाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणको अनुमति दिनु भएको हो ।

नेपालले तिहारपछि बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।बंगलादेशको प्रस्तावमा एन्फाले राष्ट्रिय टिमलाई बाहिर पठाउने तयारी गरेको हो । बंगलादेश सहित दर्जन राष्ट्रले अभ्यास खेलका लागि नेपाललाई प्रस्ताव राखेका छन् ।

कोरोना माहामारीका कारण गत चैतबाट घरेलु फुटबल ठप्प छ । संक्रमण फैलने डरले सरकारले लागू गरेको निषेधाज्ञा र लकडाउनका कारण खेलकुद गतिविधि अघि बढ्न सकेका छैनन् ।

तर दक्षिण एसिया सहित विश्वभर फुटबल गतिविधि सुरु भईसकेका छन् ।सोही कारण फुटबल गतिविधि सुरु गर्ने दबाब एन्फा सहित राखेपमाथि परेको छ ।एन्फाले यसअघि प्रशिक्षणका लागि सरकारसँग अनुमति माग गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,