Connect with us
Kapilvast Forest

नेपाली फरवार्ड अभिषेक आबद्ध टिम मोहमेडन एससी भारतको आइलिगमा छनौट

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं-भारतमा जारी आइलिग दोस्रो डिभिजनको खेलमा मोहमेडन एससीले लगातार तेस्रो जित निकाल्दै आइ-लिगको स्थान सुरक्षित गरेको छ ।

नेपाली राष्ट्रिय टिमका फरवार्ड अभिषेक रिजाल आबद्ध टिम मोहमेडन एससी भारतको आइलिगमा छनौट भएको हो । मोहमेडन एससीले पहिलो खेलमा पहिलो खेलमा गढवाल एफसीलाई १-० ले हराएको थियो । त्यस्तै दोस्रो खेलमा दोस्रो खेलमा अरालाई ४-१ ले पराजित गरेको थियो। जसमा अभिषेकले २ गोल गर्नु भएको थियो ।

अभिषेकले आफ्नो टिमको पहिलो खेलमा ५ मिनेट मात्रै खेल्न पाएका थिए । तर उनले दोस्रो खेलमा पुरै समय मैदानमा रहने अवसर पाउनु भएको थियो । र, खेलभरी २ गोल गरेर आफूलाई प्रमाणिग पनि गराउनु भएको थियो ।

त्यस्तै मोहमेडन एससीले आफ्नो तेस्रो खेलमा आज शुक्रबार भवानीपुर फुटबल क्लबलाई २-० गोलले पराजित गरेको छ । तेस्रो खेलमा अभिषेकलाई ८० औं मिनेटमा मात्रै मैदान प्रवेश गराइएको थियो । उहाँले आफ्नो खेलभरी उत्कृष्ट प्रदर्शन गर्नु भएको थियो । यद्यपि गोल भने गर्न सकेनन् । आजको जीतसँगै मोहमेडन सात वर्षपछि आइ लिगमा फर्किएको छ ।

मोहमेडनले अब आफनो चौथो खेल बेंगलुरूविरुद्ध खेल्नेछ । त्यो खेलमा उसले पराजय भोगेपनि शिर्ष स्थानमै रहनेछ । अहिलेको खेलसम्म मोहमेडनले ९ अंक पुर्याएको छ । त्यस्तै भवानीपुरको ६ अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तैगरी बेंगुलुरुले ४ अंकसहित तेस्रो स्थानको स्थानमा छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,