Connect with us
Kapilvast Forest

ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका तथा दीर्घरोगीहरुलाई घर बाहिर ननिस्कन अपिल

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

काठमाडाैं-काठमाडौं उपत्यकामा कोरोना संक्रमण तिव्र गतिमा बढेपनि बजारमा चहलपहल र भिडभाड बढेको भन्दै स्वास्थ्य मन्त्रालयले चिन्ता व्यक्त गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमणको अवस्था भयावह हुँदा पनि मानिसहरुको चहलपहल बढेको र कोरोना संक्रमणबाट बच्ने उपायहरु समेत नअपनाएको बताउनु भयो ।

कोरोनाबाट बच्ने उपाय मास्कको प्रयोग, सामाजिक दुरी कायम राख्ने कुरा र साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने विषयमा मानिसहरुले बुझेको भएपनि व्यवहारमा लागु नगरेको डा. गौतमको भनाइ छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न दशैं, तिहार लगायतका चाडपर्वहरु घरमै बसेर सामान्य तरिकाले मनाउन आग्रह गर्दै डा गौतमले हरेक व्यक्ति सचेत र सजक नभएसम्म कोरोना संक्रमण कम नहुने पनि बताउनु भयो ।

यस्तै ६० वर्ष माथिका ज्येष्ठ नागरिक, गर्भवती , बालबालिका तथा दीर्घरोगीहरुलाई घर बाहिर ननिस्कन र अन्य व्यक्तिको सम्पर्कमा नआउन पनि डा गौतमको आग्रह छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,