Connect with us
Kapilvast Forest

कर बुझाउन धुलिखेल धाउनुपर्ने बाध्यता हट्यो

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

काभ्रेपलाञ्चक- दोलखालीलाई कर बुझाउन काभ्रेपलाञ्चोकको धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । दोलखा सदरमुकाम चरीकोटमा करदाता सेवा कार्यालय स्थापना भएसँगै यसअघिको बाध्यता अन्त्य हुने भएको हो ।

विगतका वर्षमा रु १५ करोड २७ लाख ७४ हजार राजश्व उठाएकोमा यस आवमा ५० करोड भन्दा माथि राजश्व उठाउने लक्ष्य रहेको कार्यालय प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो । दोलखाका १० हजार ३ सय ९ जना करदातालाई ६ सय कर बुझाउन रु ५ हजार खर्च गरेर काभ्रेपलाञ्चोकको धुलिखेल र भक्तपुर जानुपर्ने बाध्यता थियो ।

नेपाल सरकार, मन्त्रिपरिषदको २०७६ पुस २१ को निर्णय अनुसार जिल्लामै करदाता सेवा कार्यालय स्थापना भएपछि आफूहरु खुशी भएको दोलखा उद्योग बाणिज्य सङ्घका सदस्य दिनेश बस्नेतले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,