Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशका मन्त्री चौधरी ,श्रीमती, पिएसओ,चालक र भान्सेलाई कोरोना

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

bajanath chaudary
बैजनाथ चौधरी, लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री

 

बुटवल-लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोनाको संक्रमण भएको छ।

सामान्य रुघा लागेपछि गरिएको स्वाब परिक्षणबाट शुक्रबार उनमा कोरोना पुष्टि भएको हो । आफुलाई संक्रमण पुष्टि भएपछि चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सजकता अपनाउन अनुरोध गर्नु भएको छ

चौधरीसँगै उहाँकी श्रीमती द्रौपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको मन्त्री चौधरीले बताउनु भयो।

संक्रमित पाँच मध्ये मन्त्री चौधरीलाई रुघा लागेको छ भने अन्य ४ जनालाई कुनै लक्षण देखिएको छैन। गत असोज २० गते सम्पन्न भएको प्रदेशसभा बैठकमा सहभागी भएका मन्त्री, सभामुख, उपसभामुख तथा प्रदेशसभा सदस्यहरूलाई कोरोना संक्रमण पुष्टि हुने क्रम थपिदै गएको छ।

यसअघि सभामुख पुर्ण बहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी, साम्सदहरु डिल्ली चौधरी, दधिराम न्यौपाने, शंकर गिरि लगायत सचिवालयका ३५ जना बढि कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी कोरोना संक्रमीत हुनु भएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,