Connect with us
Kapilvast Forest

८० हजार घुस लिएकाे अभियाेगमा सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्ष पक्राउ

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

pakrau fiture

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० हजार रुपैयाँ घुस लिएको अभियोगमा सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।
सबडिभिजन वन कार्यालय तारानगर कैलालीले ट्र्याक्टर चालकसहित काठ बरामद गरेका सन्दर्भमा त्याे काठको मुद्दा मिलाइदिन्छु भनी कार्यालयका रेन्जर रामअवतार चौधरीलाई त्याे रकम दिन बिचौलियाको भूमिका निर्वाह गरेको आरोप रानालाई आयोगले लगाएको छ ।
आयोगको कञ्चनपुरबाट गएको टोलीले कैलाली, धनगढी उपमहानगरपालिका १ को पार्क मोड भन्ने ठाउँबाट बिहीबार पक्राउ गरिएको र अनुसन्धान जारी रहेकाले शुक्रबार सार्वजनिक गरिएको हो । आयोगले अभियुक्त रानामथि थप अनुसन्धान भइरहेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,