Connect with us
Kapilvast Forest

पाँचतारे होटलले धमाधम कर्मचारी बिदाइ गर्दै

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

hotel_nepal

ललितपुर-कोरोनाको मार खेपिरहेका ठूला होटलले आफ्ना कर्मचारीलाई धमाधम बिदाइ गर्न थालेका छन् । पाँचतारे होटलहरूले आगामी डिसेम्बरसम्म आफ्ना कर्मचारीलाई जीवनयापनका लागि स्तरअनुसार चार हजारदेखि १० हजार रुपियाँ मात्र तलबका दिँदै आएका छन् तर डिसेम्बरपछि पनि कोरोना नियन्त्रणमा आएर व्यवसाय सुचारु हुने सङ्केत नदेखेपछि कर्मचारीलाई एक वर्षसम्म बेतलबी बिदा बस्न भन्न थालेका छन् ।

पाँचतारे होटल सोल्टी क्राउन प्लाजाले आगामी जनवरीदेखि लागू हुनेगरी केही कर्मचारीलाई कम्तीमा एक वर्षका बेतलबी बिदामा पठाइने जनाएको छ । होटलका मानव संसाधन निर्देशक सर्ज रञ्जितले होटलका १०१ कोठा मात्र सञ्चालनका लागि हाल भएका कर्मचारीको सङ्ख्या अधिक भएकाले थपलाई बेतलबी बिदामा पठाउन लागेको बताउनुभयो । उहाँका अनुसार बेतलबी बिदा अवधि होटल व्यापार व्यवसायको भावी परिस्थिति हेर्दै कम्तीमा पाँच वर्षसम्म बढाउन सकिने छ ।

कम्पनीले प्रोत्साहनप्रद बहिर्गमन योजानअन्तर्गत पहिलो र दोस्रो चरणमा गरी ९८ जना श्रमिक कर्मचारीलाई बिदा गरिसकेको छ । होटलको मुख्य बजार भारत र युरोपलगायतका देशमा कोभिड–१९ का कारण नराम्ररी प्रभावित भएकाले होटल व्यवसाय पुनः पुरानो अवस्थामा फर्कन निकै लामो समय लाग्नसक्ने भएकाले यस्तो निर्णय गर्नुपरेको उहाँको भनाइ छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,