Connect with us
Kapilvast Forest

सितगगां ८ का किसानलाइ अनुदान बितरण

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

अर्घाखाँची-वडा नम्बर ८ मा पनि उत्पादनमा आधारित अनुदान बितरण शितगंगा नगरपालिकाले उत्पादनका आधारमा किसानहरुलार्य अनुदान बितरण सुरु गरेको छ । आर्थिक बर्ष २०७५÷७६ बाट नगरपालिकाले उत्पादनका आधारमा राहत बितरण सुरु गरेको थियो ।

आ.व.०७५÷७६ पहिलो बर्ष ३३ लाख वितरण गरीएको थियो भने गत बर्ष आर्थिक बर्षमा ७३ लाख रकम उत्पादनका आधारमा अनुदान वितरणका लागी कृषि सहकारीलाइ भुक्तानी गरीसकेको छ जस अनुसार वडा नम्बर ८ का बिसानहरुलाइ समत नगरपालिकाका उपप्रमुख टिका रेस्मीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ८ का ४८ किसानलाइ ४ लाख ८२ हजार अनुदान बितरण गरिएको वडा अध्यक्ष रुकेस आलेले जानकारी दिनु भयो । ,

कोरोना महामारीका कारण समयमै वितरण गर्न नसकिएकोले अहिले वितरण गरीएको वडा अध्यक्ष आलेले जानकारी दिनु भयो । यो बर्ष नगरपालिकाले बिभिन्न किसानहरु लाई ७३ लाख किसानहरुको प्रोत्साहनको लागि बितरण गरेको छ । सम्पुर्ण वडाहरुमा उत्पादनका आधारमा अनुदान बितरण गरिने नगर उपप्रमुख टिका रेस्मीले जानकारी दिनु भयो ।

वडा नम्बर १२ दुध उत्पादनमा समेत अनुदान बितरण गरि सकेको छ । नगरपालिको खशी बोकामा प्रति केजी ५० रुपिया र लोकल कुखुरामा प्रतिकेजी ५० र तरकारी फलफुल खेती गर्नेहरुलाई अनुदान बितरण गरेको छ किसानहरुले जलुके कृषि सहकारी मार्फत बिक्री गरेका हरुले अनुदान लिएका हुन ।

वडा नम्बर ८ मा सबै भन्दा बढी अनुदान पाउने रिता शर्माले किसानहरुको मर्म बुझ्दै यसरी घरमै पुगेर अनुदान दिएको भन्दै नगरपालिकाको प्रशशा गर्नु भयो मेहनत गरेर पनि आम्दानी कम गर्ने किसानहरुका लागि यो कार्यक्रम लाभदायी भएको र अझ आगामी दिनमा थप मेहनत गर्ने उत्शाय आएको अनुदान बुझ्ने किसानहरुले बताए वडा नम्बर ८ मा १३ रोपनीमा केरा खेती गर्ने रिता शर्माले सबै भन्दा बढी ६५ हजार अनुदान प्राप्त गरेको जलुके कृषि सहकारीका अध्यक्ष गिता केसीले जानकारी दिनु भयो । शितगंगा नगरपालिका ८ को जलुके कृषि सहकारी मार्फत ४० कृषकहरु लाई ४ लाख ३५ हजार छ सय रकम बितरण गरीएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,