Connect with us
Kapilvast Forest

अजिगरा तालमा मन्त्री, सांसद, मेयर पुगे तर केही गरेन्न्

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

Ajigara taal kapilvastu
  • सनिउल्ला धोबी, न्युजसेन्टर नेपाल-

कपिलवस्तु- कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ६ र ७ मा रहेको अजिगरा तालमा प्रत्येक बर्ष मन्त्री, सांसद, प्रदेश सभा सदस्य र नगर प्रमुख पुग्ने गरेका छन । उच्च पदास्त व्यक्ती पुग्दा समेत तालको लागि केही विकास नहुदा स्थानियहरु नेतृत्व प्रती प्रश्न चिन्ह उठाएका छन । नेताहरु तालमा पुग्ने भत्ता पचाउने काम बाहेक अन्य केही काम नगरेको अजिगरा, भिल्मी र कर्मा गाँउका स्थानियले बताएका छन । तालको संरक्षण भए आधा दर्जन गाँउका किसानहरुलाई राहत हुने भएपनि कुनै पहल नहुदा स्थानियहरु निरास भएका छन ।

अजिगरा ताल नजिकै रहेको कर्मा गाँउका इश्वर दयाल मिश्रा २०६४ सालमा भौतिक पुर्वाधार विकास राज्य मन्त्री भए । मिश्राले अजिगरा तालको लागि सिन्को समेत भाचेन्न । राज्य मन्त्रीकै गाँउ नजिकै रहेको तालमा विकास हुन्छ की भन्ने आस गरेका स्थानियले मिश्राको कार्यकालमा केही काम नभएको स्थानियले गुनासो गरेका छन ।

२०७५ सालमा लुम्बिनी प्रदेशका पर्यटन मन्त्री लिला गिरीको जम्बो टोलीले तालको अनुगमन गरेको थियो । जम्बो टोलीको अनुगमन आउदा अजिगरा तालको विकास गर्ने मन्त्री गिरीले अस्वासन समेत दिनु भयो । मन्त्री गिरीले दिएको अस्वासन अहिले सम्म पुरा हुन सकेन । मन्त्रीको टोली पुग्दा अव अजिगराको विकास भनेर खुसी भएका स्थानिय फेरी निरास भएका छन ।

कपिलवस्तु क्षेत्र नं ३ का प्रतिनिधी सभा सदस्य अभिषेक प्रताप शाहले अजिगरा तालको लागि कुनै कार्य नगरेको स्थानियले बताएका छन । सांसदले त्यस क्षेत्रबाट एक दशक देखी सांसद हुदै आउनु भएको छ । सांसद शाहले विभिन्न सभा समारोहका तालको विकासका लागि बोले पनि अहीले सम्म केही नगरेको अजिगराका स्थानियले बताएका छन ।

त्यस्तै कपिलवस्तु क्षेत्र नं ३ (क) का प्रदेश सभा सदस्य अर्नुन कुमार केसीले आपनो क्षेत्रमा परेका आजिगरा तालको विकासका लागि हरप्रयास गर्ने बताएका थिए । तर केसीले तालको विकासको लागि केही गरेको पाइदैन । अजिगरा गाँउ र भिल्मी गाँउका नागरिकहरु विच भएको विवादले गर्दा तालको विकास हुन नसेको प्रदेश सभा सदस्य केसीले बताउनु भयो । उहाले भन्नु भयो तालको पानीले त्यस क्षेत्रका धेरै खेती योग्य जमिन सिचाई गर्न सकिन्छ तर तालको विवाद भएकोले गर्दा काम गर्न सकिएन ।

कृष्णनगर नगरपालिकामा पर्ने तालमा नगरपालिकाले समेत कुनै पनि विकासको काम नगरेको पाइएको छ । नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले तालको विकास लागि केही रकम विनियोजना गरेको बताउनु भएको छ । ताललाई संरक्षण गरी पानीलाई सिचाईको लागि उपयोग गर्ने तवरले रकम विनियोजन गरीएको उहाले बताउनु । तालको विकास लागि योजना बनाएर प्रदेशमा पेश गरीएको नगर प्रमुख शाहले बताउनु भयो ।

त्यहाका वडाअध्यक्षहरु समेत तालको लागि कुनै प्रयास गरेको पाइदैन । वडा नं ६ का भिल्मीका वडा अध्यक्ष देवानन्द शुक्ला र वडा नं ७ का अजिगरका वडा अध्यक्ष राज किशोर यादवले तालको लागि कुनै पनि काम नगरेको स्थानियले बताएका छन । वडाअध्यक्षहरु तालको पक्षमा कुनै पनि काम नगर्दा स्थानियहरु वडा प्रती असन्तुष्ट व्यक्त गरेका छन ।

  • लोप हुने अवस्थामा

ऐतिहासिक प्राकृतिक ताल संरक्षण र सम्बद्र्धनको अभावका कारण घाँसे मैदानमा परिणत हुदै गएको छ । करिब एक सय बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको ताल संरक्षण नगर्दा माटोले पुरिएर अस्तित्व नै लोप हुने सङ्घारमा छ । ताल संरक्षणका लागि भरपर्दो टेवा पर्खालको व्यवस्था नहुँदा ताल पुरिँदै गएको कर्मा गाँउका सहदेव मुराउले बताउनुभयो ।

ताल संरक्षणका लागि नगरपालिका कार्यालयमा आवश्यक बजेटका लागि माग गर्दा समेत सुनवाइ हुन नसकेको मुराउले बताए ।तालमा अतिक्रमण हुन थालेपछि ताल क्षेत्रमा रहेका जलपन्छी, माछाका प्रजाति, कछुवा र अजिङ्गरसमेत बासस्थानको अभावमा लोप हुने थालेका छन । सम्बन्धीत निकायबाट तालको संरक्षण हुन नसक्दा चारैतिरबाट घाँसले भरिभराउ हुन थालेपछि ताल अहिले घाँसे मैदानमा परिणत हुँदै गएको हो । तालको संरक्षणका लागि सरकारले बाध बाधेर सिचाईको लागि प्रयोग गर्न सकिने स्थानिय रमेश यादवले बताए ।

जैविक विविधता संरक्षण, पर्यटकीय हिसाबले रमणीय र अध्ययन अनुसन्धानका दृष्टिकोणले उचित रहेकोले ताल संरक्षण गर्नुपर्ने रमेश यादवको माग छ । तालमा विभिन्न प्रकारका स्थानीय माछाका प्रजातिहरु, जलचर प्राणी, बकुल्ला, हाँस, चखेवा लगायत हिँउदमा पाईने शारस चराहरु रहेका बताएका छन ।

शारस प्रजाती चरा समेत पाईने यो तालमा व्यवस्थापनको अभावका कारण जैविक विविधता संरक्षण हुन सकेको छैन । अजिगरा तालमा जंगली धान-तिन्नी- धानको प्रकृतिक उपज स्थलका साथै विभिन्न स्वदेशी तथा विदेशी चराहरुको प्रजन्न स्थलको रुपमा रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,