Connect with us
Kapilvast Forest

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न निगरानी समूहको माग

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं- मानव अधिकारवादीहरूको संस्था जवाफदेही निगरानी समूहले राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ।

नेपालमा लामो समयदेखि जरा गाडेर बसेको दण्डहीनता अन्त्य गर्न र पीडकलाई कानुनी दायरामा ल्याउनका लागि पनि सो प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने आयोगको माग छ।

आयोगले २०७७ असोज २९ गते बिहीबार २०५७ जेठ महिनादेखि २०७७ असारसम्मका मानव अधिकार उल्लंघनका घटनाको विवरण सार्वजनिक गरेको छ।

सो प्रतिवेदनमा गम्भीर मानव अधिकार उल्लंघनका घटनामा दोषी देखिएकाहरूलाई ‘कालोसूची’मा समेत राखिएको छ। आयोगले विगतमा प्रतिवेदन सार्वजनिक गर्ने गरेपनि पीडक र संलग्न संस्थासमेत उल्लेख गरी एकीकृत नाम पहिलो पटक सार्वजनिक गर्नु सह्रानीय भएको समूहको ठहर छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,