Connect with us
Kapilvast Forest

पछिल्लो २४ घण्टामा थप तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

corona ncn

काठमाडौं– गएको २४ घण्टामा थप तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार चार सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार एक सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ । आज थपिएका मध्ये १७ सय ४६ जना कोरोना सङ्क्रमित काठमाण्डौ उपत्यकाका रहेका छन् । मन्त्रालयका अनुसार काठमाण्डाैमा एक हजार चार सय ५१, ललितपुरमा एक सय ५२ र भक्तपुरमा एक सय ४३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा १८ सय जना कोरोना सङ्क्रमणबाट निको भएसँगै कोरोनाबाट निको हुनेको संख्या ८९ हजार आठ सय ४० जना पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा ३८ हजार सात सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा थप १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या सात सय २७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक १, २०७७

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,