Connect with us
Kapilvast Forest

कर्णालीका नेतालाई प्रधानमन्त्री ओलीको निर्देशन हामी दुईको निष्कर्ष मान्नुहोस्’

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

Prime-Minister-Kp-Sharma-Oli

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिनु भएको छ ।उहाँले शनिबार दिउँसो सरकारी निवास बालुवाटारमा नेताहरुलाई बोलाएर कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने बताउनु भयो ।

ओलीले दुई अध्यक्षले निकाल्ने निष्कर्ष मान्न निर्देशन दिएको एक नेताले बताउनु भयो।बैठकमा ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने बताएका ती नेताले जानकारी दिनु भयो ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी जनाउनु भएको थिएन ।बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सहइन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,