Connect with us
Kapilvast Forest

राष्ट्रपति र प्रधानमन्त्रीले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने

२०७७, १ कार्तिक शनिबारमा प्रकाशित

dashanii

काठमाडौं— यस वर्षको दशैंमा राष्ट्रपति र प्रधानमन्त्री लगायतले सर्वसाधारणलाई टीका नलगाइदिने हुनु भएको छ ।कोरोना भाइरस ९कोभिड १९० संक्रमण फैलने उच्च जोखिमका कारण सर्वसाधारणलाई राष्ट्रपति, प्रधानमन्त्रीलगायतले टीका नलगाइदिने हुनु भएको छ ।

विगतका वर्षहरुमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले समेत दुईरतीन दिनसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने गरिन्थ्यो । यस वर्षको दशैं शनिबारबाट सुरुवात भइसकेको छ । टीका लगाउने दिन कात्तिक १० गते परेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले विगतको जस्तो दशैंको टीका लगाउने कार्यक्रम नराखिएको बताउनु भयो ।

उहाँले आधिकारीक रूपमा यसबारे केही दिनमै जानकारी दिइने बताए । ‘यसपालीको दशैंमा पहिलाको जस्तो राष्ट्रपतिबाट टीका लगाइदिने कार्यक्रम कम छ । टीका लगाइदिनका लागि सार्वजनिक आह्वान हुने सम्भावना कम छ । यसबारे थप कुरा २(४ दिनभित्रै विज्ञप्ति जारी गरेर जानकारी दिइनेछ उहाँले बताउनु भयो ।

विगतका वर्षहरूमा राष्ट्रपतिले उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सुरक्षानिकायका प्रमुखहरू, संवैधानिक आयोगका प्रमुखहरू लगायत उच्च पदस्थ व्यक्तिहरूलाई दशैंको टीका लगाइदिने गरिन्थ्यो ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस पटकको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नरहेको बताइएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयका अधिकारीहरूका अनुसार कोरोनाका कारण यसपटक त्यस्ता कार्यक्रम राखिएको छैन ।

विगतका वर्षहरूमा प्रधानमन्त्री ओलीले तीन दिनसम्म पनि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने गर्नु भएको थियो ।

प्रधानमन्त्रीका सल्लाहकारहरू र स्वकीय सचिवालयमा रहेका व्यक्ति तथा सुरक्षाकर्मीहरूमा कोरोना संक्रमण भएसँगै बालुवाटारमा थप स्वास्थ्य सतर्कता अपनाइएको छ ।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यसपटक सर्वसाधारणलाई दशैंको टीका लगाउने कार्यक्रम रद्द भएको जानकारी दिनु भएको छ ।
शाहका तर्फबाट जारी विज्ञप्तिमा दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नरहेको उल्लेख गरिएको छ ।
यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने र विजया दशमीका दिन टीका लगाइदिने कार्यक्रम नहुने विज्ञप्तिमा लेखिएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,