Connect with us
Kapilvast Forest

चेन्नईलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

एजेन्सी-चेन्नई सुपर किंग्सलाई हराउँदै दिल्ली क्यापिटल्स यूएईमा जारी आईपीएल टी(ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।सारजाहमा शनिबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानाम उक्लिएको हो ।

चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।दिल्लीलाई जित दिलाउन शिखर धवनले शतकीय इनिङ्स खेल्नु भयो । धवनले अविजित रहदै १ सय १ रन बनाउनु भयो ।

यस्तै मार्कुस स्टोनिसले २४ रन जोड्दा कप्तान श्रेयस एयरले २३ रन बनाउनु भयो । अक्षर पटेल २१ रनमा अविजित रहनु भयो ।रोमान्चक खेलको अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन चाहिएको थियो । यस्तोमा पटेलले अन्तिम ओभरमा तीन छक्का प्रहार गर्दै टोलीलाई जित दिलाउनु भयो ।

चेन्नईका दीपक चाहरले २ विकेट लिनु भयो । साम करण, सार्दुल ठाकुर र ड्वेन ब्राभोले १र१ विकेट लिएनु भयो ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

चेन्नईका लागि फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्नु भयो। यस्तै अम्बाती रायडुले अविजित ४५ रन जोड्दा सेन वाट्सनले ३६ रन बनाउनु भयो । रबिन्द्र जडेजा ३३ रनमा अविजित रहनु भयो ।

दिल्लीका एनरिच नोर्टजेले २ विकेट लिनु भयो । तुषार देशपाण्डे र कागिसो राबडाको नाममा एक एक विकेट रह्यो । चेन्नईविरुद्ध एक विकेट लिएसँगै राबडाले आईपीएलमा ५० औं विकेट पुरा गर्नु भयो ।

उनले आईपीएलमा सर्वाधिक कम खेलमा ५० विकेट पुरा गर्ने खेलाडीको कीर्तिमान समेत बनाउनु भयो । राबडाले २७ खेलमा ५० विकेट पुरा गरेका हुन्गर्नु भयो ।जितसँगै दिल्लीले ९ खेलबाट १४ अंक जोडेको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,