Connect with us
Kapilvast Forest

भिसा समाप्त भएकाहरु ओमान फर्कन नसक्ने

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

Oman_.jpg

काठमाडौं -ओमानका अधिकारीहरूले कोरोना भाइरस महामारीको कारण अन्तर्राष्ट्रिय उडान स्थगित भएको भन्दै भिसा सकिएका कामदारहरु ओमान फर्कन नसक्ने बताएका छन् ।

कोरोना महामारीको सर्वोच्च समितिको बैठकपछि पत्रकार सम्मेलनमा निर्णय सार्वजानिक गर्दै रोयल ओमान पुलिसका अपरेशनस महानिर्देशक सैद अल अस्मीले यस कोरोना महामारीको यस विषम परिस्थितिमा कामका लागि भिसा जारी गर्नु निलम्बित छ । उहाँले वैध रेसिडेन्सी भएकाहरूका लागि भने प्रवेश अनुमति दिइने बताउनु भयो ।

उहाँले ओमानका नागरिकहरू र आप्रबासीलाई सर्वोच्च समितिले जारी गरेको दिशानिर्देशनप्रति सहयोग र प्रतिबद्धताको लागि धन्यवाद दिनु भयो ।

केही घटनाहरू र मास्क लगाएका व्यक्तिहरू रेकर्ड गरिए पनि हामी उल्लंघन कर्ताहरूलाई सार्वजनिक मुद्दा चलाउन अघि उनीहरूलाई जरिवाना तिर्न चाँडो गर्न आग्रह गरिएको बताउनु भयो ।

समितिले कोरोना भाइरस रोकथामका उपायहरू उल्लंघन गर्नेहरूको नाम र फोटो पनि विभिन्न मिडिया आउटलेटमा प्रकाशित गर्ने निर्णय गरेको जनाएको छ।

कोरोना सम्बन्धी लगाएको प्रतिबन्ध उल्लंघन गर्नेहरूको नाम र तस्बिर प्रकाशित गर्ने निर्णयलाई कानुनी प्रक्रिया पूरा भएपछि सार्वजनिक गरिने टाइम्स अफ ओमानले जनाएको छ । ओमानको यो निर्णय संगै बिदामा नेपाल गएका नेपाली श्रमिक तत्काल फर्कन नसक्ने भएका छन् ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,