Connect with us
Kapilvast Forest

ला लिगामा रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

एजेन्सी- स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।शनिबार राति भएको खेलमा अल्फ्रेदो डि स्टेफानोमा काडिजसँग मड्रिड आफ्नै घरेलु मैदानमा १–० ले पराजित भएको हो ।

काडिजको जितका लागि इन्थोनी लोजानोले निर्णायक गोल गर्नु भयो । उहाँले अल्भारो नग्रेदोको पासमा गोल गर्दै नवौं मिनेटमै कार्डिजलाई अग्रता दिलाउनु भएको थियो ।

काडिजले रियल मड्रिडविरुद्ध १९९१ पछि अवे मैदानमा पहिलो पटक जित निकालेको हो । रियलले काडिजविरुद्ध २१ खेलमा एक खेल मात्र हारेको थियो । घरेलु मैदानमा १२ खेलयता अपराजित रहेको मड्रिड पहिलो पटक पराजित भएको हो ।

हारका बाबजुद रियल अंक तालिकाको शीर्षस्थानमा छ । उसले पाँच खेलबाट १० अंक बनाएको छ। विजयी कार्डिज पनि ६ खेलबाट १० अंक बनाएर तेस्रो स्थानमा छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,