Connect with us
Kapilvast Forest

गुल्मीमा २ रोपनी जग्गामा रहेको ८ क्वीन्टल गाँजा नष्ट

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

gaja
प्रतिनिधिमुलक तस्विर

गुल्मी -जिल्ला प्रहरी कार्यालय गुल्मीले गुल्मीको सिमीचौरमा ८ क्विन्टल गाँजा नष्ट गरेको छ ।समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार गुल्मी प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमीचौरका बिभिन्न स्थानमा गाँजा फडानी गर्ने अभियानलाई तीव्रता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक रुद्रनाथ सापकोटा र सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्म गुल्मीबाट सशस्त्र प्रहरी नायव निरीक्षक बिरबहादुर महतराको कमाण्डमा खटिएको टोलीले ८ क्वीन्टल गाँजाका बोटहरु नष्ट गरेको हो ।

प्रहरीले सिमीचौरका २ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रेका २२ सय अबैध गाँजाका बोटहरु फडानी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिनु भयो ।लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि गाँजा नष्ट गर्ने अभियान सन्चालन गरेको पन्तले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,