Connect with us
Kapilvast Forest

हिजोको दशैलाई पर्दामा ल्याउदै पुन्हरिले लेखे रोचक लेख

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

  • पुन्हरि घिमिरे-
गाउले म गाउँमा सानोमा गरिएका हरेक काम कर्तब्य र बोल्ने सहिलिले मलाई सधै पाखन्डि र एक जंगली को परिचय दिन्छ । हो म गाउको खरको झुपडीमा जन्मिएको एक गरिब किशानको एक्लो छोरा हु र मलाई यो घमण्ड छ कि मलाई धनी बनाउन मेरा बा ले आफ्नो हड्डी र पसिना प्रदेशको तात्तो घाम मा सकिनसकि बेच्नु परेको त छैन ।
म संग हुने खानेको जस्तो भड्किलो घर गाडि घोडा र ब्रेकफास्ट लन्च,डिनर, मै हज्जारौं रुपैयाँ उडाउने दारु पाटि र डिस्को धाउने हैसियत म संग छैन (हैसियत छैन भन्दानि यो मेरो सोक हैन) होला तर गाउको सानो झुपडीमा मलाई दुख गरेर हुर्काएका बा आमा लाई खुशी राखेको छु म यसरी नै खुशी छु । हरेक चाड्वाड हाम्रा संस्कार हुन तडकभडक भन्दा पनि खुशी हुन सिकौं ।
नेपालीको महान चाड वडा दशै भित्रीए संगै गाउँमा उत्सव चलेको छ मेरो गाउँमा तर मेरि आमा कतै मलाई कुर्दै होलिन कतै रोएकि पो छिन कि भन्ने मलाई पिर लागेको छ । आमा जमरा राख्नु भयो कि नाई ? माकुरोले लगाएको जालो पन्छाउदै कमेरो रातो माटोले घर पोत्ने होला म घरमा हुदा चटारो हुन्थो तेसैले सम्झेको ।
दसैलाई भन्दै घोर्ले बोको घरको पालिको खावोमा बाधिन्थो यस्पालि छ कि छैन ? अनि के आमा त्यो मल्खाता नजिकै को झिक्रोमा दसैलाई अचार खान भन्दै साचेर राखेको काक्रो झिक्रैमा पाकेर पट्पटी फुट्थ्यो दुदे कर्कला गाजिन्थे यस्पालि छ कि छैन ? स्कुल माथीको स्वामी पिपलु र बर को रुख मा पिङ्को लागी बन्कसि काट्न गइन्थो लिङ्गे पिङको डोरी बाट्न जान्ने ति म संगैका साथिहरु आए होलान रमाईलो गर्दै होलान है । बाबा त्यो दसैलाई भन्दै टेको लगाएर राखेको माल्वक केरा फुर्से,झबृ केरा बोट्मै पहेलपुर भएर पाकेको होलान है ।
आमा दसैलाई सेल रोटि बनाउन भिजाएको बासि चामल कुट्न भन्दै हाम्रो पालिमा भएको ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे यस्पालि गर्छ्न कि नाई अनि मिठो मसिनो कुट्नु-पिन्नु गर्न ढिकीजातोमा भ्याइ नभ्याइ हुन्थो आज्कल हुन्छ कि नाई ? सुन्नु न बाबा दसैमा पाउना आउछ्न भनेर बाटो राम्रो बनाउन भन्दै गाउले जुटेर त्यो खुम्चिकोट,चक्ला,लगायत गाउका सबै कुवापदेरो बाटोघाटो सरसफाइमा जुटिन्थो कति रमाईलो हुन्थ्यो ।
दसैमा फलानो आयो ढिस्कानो आउदैन रे पार्सल पठाएछ भन्दै गाउमा केहि हो हल्ला फैलिन्छ होला त्यो बेला कत्ति दुखी हुन्छौ होला मेरि आमा !! सानो हुदा पोहोरको दसैमा यती दक्षिणा भाथ्यो अहिले कती हुने हो भनेर मनमनै मनगण्न्ते हिसाबकिताब गरिन्थो अनि बर्ष कुरेर बल्लबल्ल नया लुगा आङ्मा पर्थ्यो खुशीको कुनै सिमा हुदैनथ्यो ।अघिपछी एक किलो मासुसँग कचौरो भरि झोल खाने बानी परेको मान्छेलाई आफ्नै घरमा सिङै खसी ढालिन्थ्यो उता लाहुरे हरु हररर अत्तर बासआउदै भरियालाई भारी बोकाएर डोकोमा खत्राक्कखुत्रुक सामन हालेर टेप रेकर्डर घन्काउदै लकेज डोर्याएर गाउ छिर्थे आज्कल आउछ्न कि नाई ?
निधारले नपुगेर गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का पैसा हालेर छन्द्राङछन्द्राङ पार्दै हिड्न पाइन्थो टिका लगाउदै हिड्दा कोहिकोही मान्यजनले यो बज्जिया त छोरो मान्छे पो हो त । छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन भन्दै पैसा नदिएर जमरा मात्रै हातमा राखिदिदा छोरी भएर नजन्मेकोमा पछुतो मानिन्थो ।
नेपाली हिन्दुहरुको महान पर्व विजया दशमीको पावन अबसरमा स्वदेश तथा बिदेशी भुमिमा रहेका मेरा आफनत शुभचिन्तकहरुमा उत्तरोतर प्रगती, दिर्घायु र सु स्वाथ्यको कामना गर्दछु । कोरोनाको यो बिसम परिस्थितिमा यस्पालिको दशै जहाँ छौ त्यहि मनाउने गरौ बृद्धअबश्था भएका बा आमा बाट आशिर्वाद फोन बाट लियौ यो दशै कोरोनालाई जिम्मा देउ । कोरोना बाट आफु बचौ र अरुलाई बचाउ !!
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,