Connect with us
Kapilvast Forest

नेकपाका नेता नारायणकाजी र नेता भीम रावलले दशैं भत्ता नलिने

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

Narayankaji-and-Bhim-Rawal.jpg

काठमाडौं- कोरोना संकटको समयमा पनि दशैं भत्ता लिएको भनी सर्वत्र आलोचना हुन थालेपछि सांसदहरुले भत्ता नलिने घोषणा गर्न थालेका छन् ।नेकपाका नेता नारायणकाजी श्रेष्ठले यस अगाडि नै भत्ता नलिने घोषणा गरिसकेका छन् भने अर्का नेता भीम रावलले पनि रकम नलिने घोषणा गर्नु भएको छ ।

आइतवार विहान एक ट्वीट मार्फत नेता रावलले खातामा भत्ताको रकम राखिएको थाहा पाएको बताउँदै आफ्नो खाताबाट रकम कट्टी गर्न आग्रह गर्नु भएको छ । खातामा भत्ताको रकम राखिएको थाहा पाइयो ,हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् रावलले भन्नु भयो ‘।

सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’रावलले दशैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु नपर्ने पनि बताउनु भयो ।

संसद सचिवालयले सांसदहरुलाई दशैं भत्ता दिएको भनी सर्वत्र आलोचना भइरहेको छ । कानुनमा विशेषगरी सामाजिक सञ्जालमा यसको व्यापक विरोध भएको छ ।संघीय कानुनमा सांसदहरुले घरबहाल, बिजुली, पानी, सञ्चार खर्च, बैठक भत्ता र भ्रमण भत्ता पाउने व्यवस्था भए पनि दशैं खर्चसम्बन्धी व्यवस्था छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,