Connect with us
Kapilvast Forest

धनगढीमा डिउटीमा खटिएका असईसहित दुई प्रहरी बेपत्ता, नदीमा शव भेटियो

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

धनगढी-धनगढी उपमहानगरपालिका(१२ स्थित अस्थायी प्रहरी चौकी जुगेडामा कार्यरत दुई जना प्रहरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक ९असई० गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार साँझदेखि वेपत्ता भएको प्रहरीले जनाएको छ ।

उहाँहरु दुबै जना डिउटीमा खटिएका बेला वेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिनु भयो ।

यसैबीच नेपाल भारत सीमा नजिकै मोहना नदीमा एक जनाको शव फेला परेको छ । नदीमा घोप्टो अवस्थामा रहेको शवको पहिचान भने भएको छैन ।

उक्त शव वेपत्ता प्रहरीकै हुनसक्ने अनुमान गरिएको छ । अहिले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदी पनि घटनास्थल पुगेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,