Connect with us
Kapilvast Forest

आजदेखि सेनाको पृतनापति सम्मेलन

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं- नेपाली सेनाले आजदेखि पृतनापति सम्मेलन गर्दैछ ।सम्मेलनमा देशको शान्तिसुरक्षाका साथै कोभिड-१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आँकलन र भावी रणनीतिबारे समीक्षा हुने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो । प्रत्येक छ-छ महिनामा नियमितरुपमा हुने यस पटकको तीन दिने सम्मेलन भर्चुअल माध्यमबाट हुने छ ।

सेनाका आठ पृतनापतिले आ-आफ्ना कार्य क्षेत्रमा भए गरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने उहाँले जानकारी दिनुभयो ।

सेनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्य-पृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा हुनुहुन्छ ।उपरथीको नेतृत्वमा रहने सेनाका पृतना इटहरी, धनुषा, हेटौँडा, काठमाण्डौ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,